अस्पष्ट नीति तथा कार्यक्रमबाट परिवर्तन सम्भव छैन: सांसद हमाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताएका छन् ।

प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सत्तारुढ दलकै सभापतिले उठाएको व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तनको नारासँग सरकारको नीति तथा कार्यक्रम मेल नखाएको टिप्पणी गरे ।

उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अघि सारेको जनजीवन रूपान्तरणको अवधारणालाई आफूले सकारात्मक रूपमा लिएको बताए । तर नीति तथा कार्यक्रमका बुँदाहरू अध्ययन गर्दा सरकार आफ्नै नेतृत्वको सार्वजनिक प्रतिबद्धताबाट टाढिएको महसुस भएको उनको भनाइ थियो ।

उनले वैचारिक दृष्टिकोणबिना नीति तथा कार्यक्रम प्रभावकारी हुन नसक्ने तर्क गरे । अवस्था परिवर्तनको अर्थ जनताको जीवनस्तर सुधार, सामाजिक–आर्थिक रूपान्तरण तथा उत्पीडित, गरिब र न्याय खोजिरहेका नागरिकको पक्षमा ठोस कार्यक्रम ल्याउनु रहेको उनको भनाई छ । तर नीति तथा कार्यक्रमका १ देखि १०० सम्मका बुँदामा ती विषय प्रभावकारी रूपमा सम्बोधन नभएको उनको दाबी छ ।

उनले भने ‘सत्तारुढ दलका सभापतिको अभिव्यक्तिसँग सरकारको नीति तथा कार्यक्रम कति सङ्गतिपूर्ण छ भनेर नियाल्ने प्रयत्न गरेको छु । उहाँले भन्नुभएको थियो, अग्रजहरूले व्यवस्था परिवर्तन गरे, अब हामीले मूलकको अवस्था परिवर्तन गर्नुपर्छ । मलाई कर्णप्रिय लागेको थियो, ती कुराहरू । सायद त्यस्तै होला, नीति तथा कार्यक्रममा त्यही कुरा झल्केला भन्ने सोचेको थिए, तर नीति तथा कार्यक्रमका बुँदा केलाउँदै जाँदाखेरि सरकार कता हराएको रु सरकार आफ्नै सभापतिको अभिव्यक्तिबाट कति टाढा भएको रु मलाई ताजुव लागिरहेको छ । सरकारका आफ्नै प्राथमिकता होलान्, तर त्यसको लागि दृष्टिकोणहरू चाहिँदैन रु दृष्टिकोण वेगर नीति तथा कार्यक्रम बन्छ रु कमसेकम सभापतिज्यूले आफ्नो दृष्टिकोण राख्नुभएको छ, कि अवस्था बदल्ने । अवस्था बदल्ने भनेको के रु अवस्था बदल्ने भनेको जनताको जीवनस्तर बदल्ने हो । सामाजिक, आर्थिक रुपान्तरण गर्ने हो, जो अभावमा छन्, जो उत्पीडनमा छन्, जो गरिब छन्, जसले न्यायको खोजी गरिरहेका छन् । उनीहरूको पक्षमा नीति तथा कार्यक्रम हुनुपर्ने हो । मैले १ देखी १०० बुँदासम्म हेरे, तर ती कुराहरू सम्बोधन गर्न यी बुँदाहरू तयार छैनन् । यो नीति तथा कार्यक्रममा दृष्टिकोणको स्पष्ट अभाव देखिएको छ । अस्पष्ट र दृष्टिकोणको अभावमा आएको नीति तथा कार्यक्रमबाट रूपान्तरण र परिवर्तनको सम्भव छैन ।’

उनले नीति तथा कार्यक्रमलाई अस्पष्ट र दृष्टिकोणविहीन दस्ताबेजको संज्ञा दिँदै यस्तो कार्यक्रमबाट रूपान्तरण सम्भव नहुने र जनताले अपेक्षा गरेको परिवर्तन पनि हासिल हुने टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =