हरिवनमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

बरहथवा । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो । ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =