गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
२०८३ वैशाख ३० गते

फाइल तस्वीर ।
तम्घास । गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मङ्गलबार साँझ कुटपिटपछि राति नै सुमित्रालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । तर अस्पतालले राति १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिइन् ।
मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सात वटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।
मादक पदार्थ सेवनबाट उक्त घटना घटेको प्रहरीले जनाएको छ । अहिले थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
२०८३ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








