पाकिस्तानमा प्रहरीको गाडी लक्षित गरी बम विष्फोट, दुई प्रहरीसहित ७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा मंगलवार प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको शक्तिशाली बम विष्फोटमा परी सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई प्रहरी र पाँच सर्वसाधारण रहेका छन् ।

प्रहरी स्रोतकाअनुसार खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा नियमित गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विष्फोट गराइएको हो । विष्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले घटनास्थल नजिकै रहेका सर्वसाधारणहरू पनि ठूलो संख्यामा हताहतीको शिकार भएका छन् ।

विष्फोटमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । घटनालगत्तै सुरक्षा निकायले उक्त क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान शुरु गरेको छ । बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर विष्फोटको प्रकृति र प्रयोग गरिएको सामग्रीबारे सूक्ष्म अध्ययन गरिरहेको जनाइएको छ ।

घाइतेहरूलाई तत्कालै नजिकैको अस्पताल पु¥याइएको छ । हालसम्म कुनै पनि समूहले यस विष्फोटको जिम्मेवारी लिएको छैन । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =