नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा १९ सदस्य मनोनित

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।
मनोनित हुनेहरूमा महेन्द्र यादव (धनुषा), जीवन परियार (कास्की), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडु (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), अजयकुमार चौरासिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बू), दिनेशकुमार यादव (सप्तरी), राजीव कोइराला (सुनसरी), राजीव ढुंगाना (सुनसरी), गोविन्दराज पोखरेल (प्युठान), सुशीला मिश्र भट्ट (कैलाली), नागिना यादव (महोत्तरी), दिनेश कोइराला (चितवन), डा. जीवन राना (कैलाली) र सीता थपलिया ‘उर्मिला’ (धादिङ) रहेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि सभापति थापाले पहिलोपटक १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन् ।








