वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्ने सरकारको नीति

काठमाडौं । सरकारले अगामी दशक (२०८३–८४ देखि २०९३–९४)लाई रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ ।

अगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको बताएका हुन् ।

उनले विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रुपान्तरण गर्न विप्रषण लगानी मिलान कोष स्थापना गरिने बताए ।

विदेशमा मृत्यु वा अंगभंग भएकाका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिने बताए ।

उनले औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =