मलेसियाको उत्पादन क्षेत्रको बिक्रीमा पहिलो त्रैमासिकमा ५.५ प्रतिशतको वृद्धि

एजेन्सी । मलेसियाको उत्पादन क्षेत्रको विक्री मूल्यमा चालु वर्षको पहिलो त्रैमासिकमा उल्लेख्य सुधार देखिएको छ ।

शुक्रवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस अवधिमा उत्पादन क्षेत्रको विक्री ५.५ प्रतिशतले वृद्धि भई ५०१.५ अर्ब रिंगिट (करिब १२७.९ अर्ब अमेरिकी डलर) पुगेको छ ।

मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) ले जारी गरेको विज्ञप्तिअनुसार उत्पादन क्षेत्रमा संलग्न जनशक्तिमा पनि वृद्धि भएको छ । यस त्रैमासिकमा कर्मचारीहरूको सङ्ख्या १.१ प्रतिशतले बढेर २४ लाख पुगेको छ ।

तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै उत्पादन क्षेत्रले १७३.१ अर्ब रिंगिट बराबरको विक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५.३ प्रतिशतको वृद्धि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =