शिक्षामन्त्री नआएपछि त्रिचन्द्रमा ‘खाली कुर्सी’सँगै खुल्ला संवाद

मन्त्री अनुपस्थित भएपछि विद्यार्थीहरूले प्रतीकात्मक रूपमा खाली कुर्सी राखेर संवाद अघि बढाएका थिए

काठमाडौँ। त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन को सहजीकरण मा आयोजित ‘खुल्ला संवाद’ कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल अनुपस्थित भएपछि विद्यार्थीहरूले ‘खाली कुर्सी’ राखेरै प्रश्न गरेका छन्।

त्रिचन्द्र क्याम्पसमा आयोजित ‘Socratic Discussion’ शीर्षकको कार्यक्रममा विश्वविद्यालय सुधार, विद्यार्थीका अनुभव र सुझाव, विद्यार्थी सङ्गठनको भावी राजनीतिक अवतरण तथा त्यसमा सरकारले गर्न सक्ने सहजीकरण बारे छलफल गर्ने तयारी गरिएको थियो। कार्यक्रममा शिक्षामन्त्री पोखरेललाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरिएको भए पनि उनी उपस्थित भएनन्।

स्ववियु सभापति गोविन्द कोइराला ले मन्त्रालयमै पुगेर मन्त्रीलाई औपचारिक निमन्त्रणा दर्ता गराएको जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीसम्बन्धी सरकारी निर्णय प्रक्रियामा विद्यार्थी समुदायको सहभागिता सुनिश्चित गराउनु र मन्त्री तथा नेतृत्व विश्वविद्यालय र बौद्धिक वर्गप्रति जबाफदेही हुनुपर्ने सन्देश दिनु थियो।

मन्त्री अनुपस्थित भएपछि विद्यार्थीहरूले प्रतीकात्मक रूपमा खाली कुर्सी राखेर संवाद अघि बढाएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय सुधारका मुद्दामा सरकार विद्यार्थीको आवाज सुन्न तयार नभएको आरोप लगाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =