क्षेत्रीय सुरक्षा र द्विपक्षीय सम्बन्धका विषयमा इजिप्ट र यूएईका राष्ट्रपतिबीच छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फतह अल–सिसी र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान बीच बिहीबार अबु धाबीमा उच्चस्तरीय भेटवार्ता भएको छ ।

इमिरेट्स समाचार एजेन्सी (वाम) काअनुसार दुई नेताहरूले क्षेत्रीय विकासका पछिल्ला गतिविधिहरू र त्यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरतामा पार्ने प्रभावका विषयमा गहन छलफल गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति सिसीले यूएईका नागरिक र नागरिक पूर्वाधारहरूलाई लक्षित गरी भएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरे । उनले यस संकटको घडीमा इजिप्ट यूएईको साथमा रहेको र त्यहाँको सुरक्षा एवं सार्वभौमिकता रक्षाका लागि चालिने कदमहरूमा पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, दुई राष्ट्र प्रमुखहरू बीच द्विपक्षीय हित र सहयोगका क्षेत्रमा पनि विस्तृत छलफल भएको छ । विशेष गरी दुवै देशको विकासका प्राथमिकता र आर्थिक समृद्धिलाई टेवा पुर्याउने गरी आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा उनहरू सहमत भएका छन् ।

औपचारिक वार्ताअघि दुवै नेताहरूले यूएईमा तैनाथ इजिप्टको लडाकु विमान दस्ताको निरीक्षण गरेका हुन् । सो क्रममा उनीहरूले उक्त टोलीको परिचालन तत्परता र क्षमताको समेत समीक्षा गरेकाे समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =