स्मार्ट टेलिकमका पूर्व एमडी सर्वेश जोशी पक्राउ, ठगी र विश्वासघातको आरोप
२०८३ वैशाख २२ गते

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटारबाट नियन्त्रणमा लिएको जनाएको छ ।
स्मार्ट टेलिकम हाल बन्द अवस्थामा रहेको छ । नवीकरण प्रक्रिया पूरा नगरेपछि २०८० वैशाख ३ गते यसको अनुमति पत्र स्वतः रद्द भएको थियो ।
अनुमति खारेज भएपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्तिमा बेइमानीपूर्वक हस्तक्षेप गरी सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि लागेको छ ।
सीआईबीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
२०८३ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








