इण्डोनेसियामा रेल दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो

एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभास्थित बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार सो दुर्घटनामा परी अन्य ८४ जना घाइते भएका छन् ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले मङ्गलवार बिहान बेकासीस्थित एक अस्पतालमा पुगेर पीडित र घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुःखद घटनाको तत्काल निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए ।

सोमवार राति स्थानीय समय अनुसार करिव ८ः५० बजे जकार्ता–बेकासी मार्गमा गुडिरहेको ‘कम्युटर रेल’ र जकार्ता–सुरबाया मार्गमा गुडिरहेको लामो दूरीको रेल एकापसमा ठोक्किएका थिए । दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन रेल सञ्चालक निकाय र राष्ट्रिय यातायात सुरक्षा समितिले संयुक्त रूपमा अनुसन्धान सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =