कानूनी अस्पष्टता र बजेट दोहोरोपनाले संघीयता कार्यान्वयनमा समस्या: माधव सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधव सापकोटाले कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताएका हुन् । संविधानले सबै तहका सरकारलाई स्रोत–साधन उपयोगको अधिकार दिएको भएपनि त्यसअनुसार आवश्यक कानून नबन्दा अन्तरविरोध उत्पन्न भएको उनको भनाइ छ । ‘सबै तहको सरकारलाई आफ्नो प्रकारको स्रोत र साधनहरु प्रयोग गर्ने अधिकार दिइएको छ । तर कानूनले त्यसको व्यवस्था गरिनसकेका कारण अन्तरविरोधी छ । स्थानीय तह, प्रदेश सरकार संघीय सरकारले पूर्वाधारको क्षेत्रमा एउटै प्रकार र एउटै चरित्रको बजेट निर्माण गर्छ’ उनले भने ।

उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पूर्वाधार क्षेत्रमा एउटै प्रकृति र चरित्रको बजेट निर्माण गर्दा प्रभावकारिता घटेको टिप्पणी गरे ।

उनले शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा स्थानीय सरकारको बजेट केन्द्रित हुनुपर्ने र संविधानअनुकूल कानून निर्माणका लागि संघीय सरकारले अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘शिक्षा, स्वास्थ्य र कृषिमा स्थानीय सरकारको बजेट केन्द्रित गर्नुपर्ने र संविधानअनुकुलका कानून निर्माणका लागि संघीय सरकारले गर्नुपर्छ । अहिले रास्वपादे झण्डै दुईतिहाईसहित संसदको नेतृत्व गरेको छ । इच्छाशक्तिका साथ काम गर्ने हो भने संघीयतासम्बन्धी धेरै समस्या समाधान हुन्छन् भन्ने मेरो बुझाइ छ’ उनले भने ।

सापकोटाले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुईतिहाइसहित नेतृत्व रहेको उल्लेख गर्दै इच्छाशक्तिका साथ काम गरे संघीयतासम्बन्धी धेरै समस्या समाधान हुन सक्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =