अफगानिस्तानमा बाढीका कारण व्यापक क्षति; हजारौं प्रभावित
२०८३ वैशाख ११ गते

एजेन्सी । विगत केही सातायताको भीषण मौसमी बाढीले अफगानिस्तानभरि ठुलो क्षति पुर्याएको छ । जसका कारण घर र खेतबारी नष्ट भएका छन् र मानवीय संकट अझ गहिरिएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषकाअनुसार देशका ३४ मध्ये ३१ प्रान्तमा हालै आएको बाढीबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तका विपद् व्यवस्थापन अधिकारीहरूले भर्खरै आएको बाढीमा परी १५ जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् ।
बाढीले सयौं एकड खेतबारी नष्ट गरेको छ । बाढीको प्रकोपले विश्वकै सबैभन्दा जोखिमपूर्ण मुलुकका रूपमा चिनिने अफगानिस्तानमा ७ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ र २१ हजार एकडभन्दा बढी कृषि भूमि बगाएको छ ।
२०८३ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








