गाजापट्टी र वेस्ट बैंकमा इजरायली आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । बिहीबार मध्य गाजा र वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा परी चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले माघाजीको प्रवेशद्वारमा रहेको सालाह अल–दिन सडकमा एउटा सवारी साधनलाई निशाना बनाएर कम्तीमा एउटा मिसाइल प्रहार गरेको थियो, जसमा मानवीय क्षति भएको छ ।

देर अल–बलाहस्थित अल–अक्सा अस्पतालका चिकित्सा स्रोतहरूले आक्रमणपछि तीनवटा शव अस्पताल ल्याइएको पुष्टि गरेका छन् । इजरायली सेनाले अहिलेसम्म यस घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, गाजास्थित स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालहरूले ६ वटा शव र १८ जना घाइतेहरू प्राप्त गरेको बताएका छन् । उत्तरी वेस्ट बैंकमा, १५ वर्षीय युसेफ इस्तयहेलाई नब्लसको पश्चिममा रहेको बेत वाजान शहर नजिक इजरायली सेनाले गोली हानी हत्या गरेको छ ।

अक्टोबर ७, २०२३ मा इजरायल–हमास युद्ध सुरु भएदेखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । प्यालेस्टाइनी तथ्याङ्कअनुसार त्यसबेलादेखि वेस्ट बैंक र पूर्वी जेरुसेलममा १ हजार १ सय भन्दा बढी प्यालेस्टाइनीहरूको इजरायली गोलीबारीबाट ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =