दक्षिण लेबनानमा इजरायली हवाई हमलामा पत्रकारको मृत्यु
२०८३ वैशाख ११ गते

एजेन्सी । लेबनानको प्रसारक अल–जदीद टिभीकाअनुसार दक्षिण लेबनानमा इजरायली हवाई हमलापछि भग्नावशेषमा फसेकी पत्रकार अमल खलिलको मृत्यु भएको छ ।
यो हमला अल–तिरी र हद्दाथालाई जोड्ने सडकमा लक्षित थियो । जसले गर्दा खलिल र अर्की पत्रकार जैनब फराजसम्म उद्धार टोलीको पहुँच अवरुद्ध भएको थियो ।
पछि फराजलाई अस्पताल पुर्याइयो, जहाँ उनको शल्यक्रिया गरिएको छ । लेबनानी रेड क्रसले पछि खलिलको शव निकालेको छ र उनको मृत्यु पुष्टि गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले बिहीवार पत्रकारको मृत्यु हुनेगरी भएको इजरायली हवाई हमलाको निन्दा गरेका छन् ।
२०८३ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








