सुदन किरातीबारे हर्क साम्पाङको स्पष्टीकरणः ‘अहिलेसम्म कुनै निर्णय भएको छैन’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री सुदन किरातीलाई पार्टीको जिम्मेवारीबारे कुनै औपचारिक निर्णय नभएको बताएका छन् ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत उक्त विषयमा अहिलेसम्म कुनै आधिकारिक निर्णय नभएको बताएका हुन् । ‘सुदन किराती ज्युलाई कुन पद दिने भन्ने बारेमा कुनै आधिकारिक निर्णय भएको छैन । मौखिक संवादसम्म भएको हो । हो वा होइनको अवस्था छैन,’ उनले लेखेका छन् ।

उनले अपुष्ट समाचार र अफवाह फैलाउन तथा मिडिया ट्रायल नगर्न पनि आग्रह गरेका छन् ।

सामाजिक संजालमा आगामी दिनमा कोशी प्रदेशको मुख्यमन्त्री बनाउने तथा पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने चर्चा चलिरहेका बेला उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =