मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैन: एआईजी मगर

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताएका हुन् ।

उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यस वर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट ९बीओपी० लाई निर्देशन दिएको जानकारी दिए । उनले सिमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे ।

उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरू वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उनको भनाई छ । उनले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाइ नगरेको उनको दाबी छ ।

उनले भने ‘यो साल हामीले मल आयातमा नरोक्ने गरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ । खुला सिमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरि जताततैबाट हिँड्न सक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन । त्यसको फाइदा उठाएर मल भनेर अरू चीज आयात हुने गरेको पाइन्छ । मलको बोरामा चिनी ल्याउने तथा अरू तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागी हामीले आकस्मिक कार्यहरू गरिरहेका छौँ । मलको आयातमा भने कडाइ गरिएको छैन ।’

समितिको बैठकमा सांसदहरूले सीमा सुरक्षा पोस्ट ९बीओपी०मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =