पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्धान स्थलमा बुधवार स्थानीय समय अनुसार बेलुका ७ बजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

तामा र सुनको अन्वेषण तथा अनुसन्धान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेका छन् ।

आतङ्ककारीहरूले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुनुका साथै तीनवटा शिविरहरूमा आगो लगाएको स्रोतले जनाएको छ ।

जवाफी गोलीबारीमा एकजना आतङ्कवादी मारिएको तथा बाँकी आक्रमणकारीहरू घटनास्थलबाट भागेको जनाइएको छ ।

सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ ।

मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =