रुसको स्याज्रान शहरमा युक्रेनी ड्रोन आक्रमणबाट आवासीय भवन भत्किँदा २ जनाको मृत्यु

एजेन्सी । रुसको समारा क्षेत्रस्थित स्याज्रान शहरमा बुधवार बिहान भएको युक्रेनी ड्रोन आक्रमणपछि एउटा आवासीय भवनको केही भाग भत्किँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार समाराका गभर्नर भ्याचेस्लाभ फेडोरिस्चेभले ड्रोनहरूले स्याज्रानका दुईवटा अपार्टमेन्ट भवनहरूलाई निशाना बनाएका थिए । दुईवटा भवनमा भएको आक्रमणबाट एउटा भवनको प्रवेशद्वार नै भत्किएको बताइएको छ ।

रुसको आपत्कालीन मन्त्रालयका अनुसार, भग्नावशेषबाट दुईवटा शवहरू निकालिएका छन् र हालसम्म थप मानिसहरू फसेको जानकारी प्राप्त भएको छैन । घाइतेहरूमध्ये तीनजनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यले वाह्य उपचार लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =