दक्षिण भारतमा पटाका कारखाना विस्फोटः १३ जनाको मृत्यु
२०८३ वैशाख १० गते

एजेन्सी । दक्षिण भारतको केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
विस्फोटमा करिब दुई दर्जन मानिस घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटना हुँदा कारखानामा करिव ४० जना कामदार कार्यरत थिए ।
पटाकाहरू स्थानीय चाड थ्रिसुर पुरमका लागि बनाइँदै थियो । यो घटना तामिलनाडुको विरुधुनगरमा दुई दिन अघिमात्रै भएको पटाका कारखानामा यस्तै विस्फोटमा २५ जनाको मृत्यु भएलगत्तै घटेको हो ।
२०८३ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








