हाम्रै आँखा अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लाग्यो, यसलाई फेरि उठाउनुपर्छ: माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालबाट कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले आफूहरूकै अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई फेरि माथि उठाउन नयाँ शीराबाट काम गर्नुपर्ने बताए । यसका लाग कम्युनिष्ट पार्टीहरूले आफूभित्र गम्भीर समीक्षा तथा आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेपालमा हालै भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणामले कम्युनिष्ट पार्टीलाई ठुलो धक्का दिएको उल्लेख गरे।

उनले राजनीतिक जीवनमा उतारचढाव स्वाभाविक भएको उल्लेख गर्दै पराजयलाई सहज रूपमा लिनुपर्ने बताए । निर्वाचनमा पराजय हुँदैमा आत्तिनेहरूले जित हासिल गर्न नसक्ने उनको भनाई छ । उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न नयाँ ऊर्जा र दृष्टिकोण आवश्यक रहेको औँल्याउँदै फेरि उठेर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।

उनले भने ‘हामीले हेर्दा हेर्दा कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । यसपटकको निर्वाचनमा अप्रत्याशित रूपको परिणाम सामना गर्नुपरेको छ, ठुलो धक्का खानु परेको छ । यसको हामीले विश्लेषण गर्ने कि नगर्ने ? हाम्रो कमजोरीको बारेमा छलफल चलाउने कि नचलाउने ? हाम्रा कमी कमजोरीहरूको खुला छलफल गर्नुपर्ने आवश्यकता छ । राजनीतिक जीवनमा उकालो ओरालो आउँछ, यसलाई सबैले आत्मासाथ गर्नुपर्छ । कहिले सफलता कहिले पराजय हुन्छ । पराजय हुने बित्तिकै, हार हुने बित्तिकै आत्तिनेहरूले जीत हासिल गर्न सक्दैन । त्यसो भएको हुनाले जीतको लागी फेरि नयाँ शीराबाट उठेर अगाडी बढ्नुपर्छ ।’

उनले चिनियाँ कम्युनिष्ट पार्टी र विश्व कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न उताडचडापहरु आएको उल्लेख गरे । धरापमा परेको चिनियाँ कम्युनिष्ट पार्टीलाई माओत्से तुङले पुनर्जीवित गरेको उल्लेख गर्दै उनले नेपालको कम्युनिष् आन्दोलनलाई पुनर्जीवित गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =