सीजीको नयाँ ‘फ्रोस्टलाइन कुलर’ लाइनअप सार्वजनिक

काठमाडौँ । सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज ‘Frostline’ बजारमा ल्याएको छ ।
कम्पनीको नयाँ वार्षिक अभियान ‘Experience Life with CG’ अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ ।
सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा बिलकुलै नयाँ Frostline रेन्ज थप गरेको छ । यसका प्रमुख आकर्षणहरू यस प्रकार छन्:
- विशाल ट्याङ्की: बजारमा उपलब्ध कुलहरूमध्ये सबैभन्दा ठुलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ ।
- मिड-रेन्ज: मास्टर सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजा इ।
सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र विन्डो कुलर गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ ।
यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन् । नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडलहरूलाई अत्यन्तै रुचाएको र विश्वास गरेको छ । यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ Frostline रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको छ ।
मुख्य प्रविधि र विशेषताहरू
- डबल बल बेरिङ मोटर: शक्तिशाली र टिकाउ मोटर जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ ।
- आइस च्याम्बर: थप चिसो हावाका लागि विशेष बरफ राख्ने सुविधा ।
- एड्भान्स्ड हनीकम्ब प्याड: उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ ।
- शक्तिशाली एयर थ्रो: कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्याउने उच्च गतिको फ्यान ।
नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ । ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन् ।








