गृहमन्त्री गुरुङको राजीनामा माग्ने ४ युवा सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । 

प्रहरीका अनुसार ती युवाहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

विवादास्पद व्यापारीसँग सेयर साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङको आलोचना भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =