नयाँ वर्षसँगै ‘नेपाली पात्रो’को नयाँ सोच र स्वरूप सार्वजनिक

काठमाडौँ । ‘आज कति गते ?’- यही सरल प्रश्नबाट सुरु भएको ‘नेपाली पात्रो’को यात्रा आज विश्वभर फैलिएको छ । १ करोड ३० लाखभन्दा बढी डाउनलोडसहित यो एपले विदेशमा रहेका नेपालीहरूलाई तिथि–मिति, चाडपर्व र आफ्नो संस्कृतिसँग जोड्दै आएको छ ।

नयाँ वर्षको अवसरमा ‘नेपाली पात्रो’ले आफ्नो नयाँ सोच र स्वरूप सार्वजनिक गरेको छ । यस अवसरमा संस्थापक विरिजन महर्जनले पात्रो केवल मिति हेर्ने साधन नभई परम्परा, मूल्यमान्यता र साझा पहिचानलाई पुस्तौँपुस्ता जोड्ने जीवन्त सांस्कृतिक माध्यम भएको बताए ।

उनले भने, ‘हामी नयाँ पहिचानसहित बहुउपयोगी जानकारी, सिर्जनशील अभिव्यक्ति, कला प्रवर्द्धन र प्रविधिमार्फत विश्वभर रहेका नेपालीलाई सुसूचित राख्दै आफ्नो संस्कृति र पहिचानसँग जोडिराख्ने प्रयासलाई निरन्तर अघि बढाउनेछौँ ।’

नयाँ लोगोमा नेपाली अक्षर ‘ने’ को अमूर्त रूप प्रस्तुत गरिएको छ, जसले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा झल्काउँछ । साथै, यसले समयको निरन्तर प्रवाह र परिवर्तनशीलतालाई समेत प्रतिनिधित्व गर्ने बताइएको छ ।

‘नेपाली पात्रो’ले अब संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एकसाथ जोड्दै प्रयोगकर्तालाई अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =