रास्वपाले हारेका ठाउँमा खटायो समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका सबै निर्वाचन क्षेत्रमा सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकले उक्त निर्णय गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि जिम्मेवार सांसद निर्धारण गरेको हो । प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा भने समानुपातिक प्रणालीबाट आएका सांसदलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १२५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । ती क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदलाई सोही क्षेत्रको जिम्मेवारी दिइएको छ भने बाँकी क्षेत्रमा समानुपातिक सांसद परिचालन गरिएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =