प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङका २० वर्षीय साजन विष्ट (सानु भाइ) लाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न माग गरेका थिए । माग पूरा नभए प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्ने चेतावनी दिँदै काठमाडौंमा ‘एके–४७’ जस्ता हतियार भित्रिएको दाबी गरिएको भिडियोसमेत सार्वजनिक गरेका थिए ।

उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार विष्ट विगत पाँच वर्षदेखि बैंगलोर, भारतमा बस्दै आएका थिए । उनी त्यहाँ एमजी रोडस्थित एक फेन्सी स्टोरमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार भारतमा रहँदा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =