स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गरेका छन् ।

खानेपानी मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । भेटवार्तामास्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उनले बताए ।

साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सवल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =