सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाको साथ रहन्छ: ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

सोमवार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाइ मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन् ।

मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफ्नो पार्टीले साथ दिने नेता शाहीको भनाई थियो । उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफ्नो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने ‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौँ । तपाईँहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ । हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुहुन्छ । राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ । नेपालको संविधान संशोधन गर्न तपाईँलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौँ । १८७ सिट पुग्छ, संविधान संशोधन गरौँ भनेर हामीले घोषणा गरिसकेका छौ । यो हाम्रो शक्ति हो । यो एजेण्डा हो, यो मरेर मर्दैन । हामीले सुशासनको पक्षमा हिजो पनि लडेका थियौ, आज र भोली पनि लडिरहनु पर्छ, लड्छौँ पनि ।’

सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =