राप्रपाको अनुशासन समिति बैठक आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय लिइनेछ । पछिल्लो समय पार्टीभित्र बढ्दो विवादका बीच बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राप्रपाभित्र इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । यसले पार्टीभित्र असन्तुष्टि चुलिएको संकेत गरेको छ ।

विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि आन्तरिक तरङ्ग अझ तीव्र बनेको छ ।

अनुशासनसँग सम्बन्धित समग्र विषयहरूमा समेत बैठकमा विस्तृत छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =