शेखर समूहले कांग्रेस एकताका लागि भूमिका खेल्ने, गगनसँग मिल्ने !

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको आइतबार बसेको भेलाले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको छ ।

कोइरालाको सचिवालय विशालनगरमा बसेको उक्त भेलाले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबै नेताको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको हो । साथै सभापति गगनकुमार थापाको जिम्मेवारी अझ बढी रहने धारणा पनि बैठकमा व्यक्त गरिएको बताइएको छ ।

भेलापछि पूर्व सहमहामन्त्री जीवन परियारले अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘हामी सबैलाई विदितै छ, विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भए तापनि हामीले मतैक्यता गराउने प्रयत्न गरेका थियौँ । अब सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ ।’

उनले न्यायपालिकाप्रति विश्वास र निष्ठा कायम रहेको पनि स्पष्ट पारेका छन् । भेलामा सहभागी नेताहरूले आगामी दिनमा पार्टीलाई अझ सुदृढ, एकताबद्ध र संगठनात्मक रूपमा बलियो बनाउने विषयमा छलफल केन्द्रित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =