देशभरका बालबालिकालाई आइतबार र सोमवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आइतबार र सोमवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदै छ ।

अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएका छन् ।

प्रत्येक वर्षको कात्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति रक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र कुपोषण न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।

नजिकैको खोप केन्द्रमा लगी आफ्ना बालबालिकालाई औषधि खुवाउन मन्त्रालयले सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =