महाधिवेशन टारिएको भन्ने आरोप गलत: राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन टारिरहेको भन्ने आरोपलाई निराधार र भ्रामक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले राप्रपाबारे गलत भाष्य निर्माण गरिएको उल्लेख गरेका छन् । ‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ, अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो,’ उनले लेखेका छन् ।

उनका अनुसार अध्यक्ष लिङ्देन समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा छन् र त्यसका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढिसकेका छन् । महाधिवेशनका लागि न्यूनतम शर्तका रूपमा जिल्लास्तरीय अधिवेशनहरू सम्पन्न हुनुपर्ने उल्लेख गर्दै श्रेष्ठले झापासहित दुई दर्जनभन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

‘बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरूको जिल्लामै अधिवेशन नभएको प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् । राप्रपाभित्र कुनै पनि निर्णय अध्यक्षको एकल निर्णयबाट नभई सामूहिक प्रक्रियाबाट लिइने गरिएको पनि उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =