अमेरिका–इरान वार्ता फेरी सुरु हुने सम्भावना छ: राष्ट्रसंघ प्रमुख
२०८३ वैशाख २ गते

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार वासिङ्टन र तेहरानबीचको वार्ता पुनः शुरु हुने उच्च सम्भावना रहेको बताएका छन् । यस संकटको कुनै सैन्य समाधान नभएको पनि बताए ।
शान्ति सम्झौताका लागि निरन्तर संलग्नता र राजनीतिक इच्छाशक्तिको आवश्यकता पर्ने बताए । गुटेरेसले मंगलवार नै पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारसँग भेटवार्ता गरेको उल्लेख गरे ।
यद्यपि भेटको थप विवरण भने उनले खुलाएनन् । पाकिस्तानले गत सप्ताहान्तमा इस्लामाबादमा अमेरिका र इरानबीचको पछिल्लो चरणको वार्ताको आयोजना गरेको थियो, तर उक्त वार्तामा पक्षहरू कुनै सम्झौतामा पुग्न भने सकेनन् ।
२०८३ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








