रातो मत्स्येन्द्रनाथको रथ निर्माण तीव्र

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

ललितपुरको पुल्चोकमा रथ निर्माणको काम भइरहेको हो । सदियौँदेखि चलिआएको यो परम्परालाई निरन्तरता दिँदै स्थानीय समुदाय रथ निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् ।

यस वर्षको रथ यात्राको तयारीसँगै पुल्चोक क्षेत्रमा धार्मिक र सांस्कृतिक उत्साह छाएको छ । रातो मत्स्येन्द्रनाथलाई बौद्ध धर्मावलम्वीहरूले पद्मपाणि बोधिसत्त्वको रूपमा र हिन्दु धर्मावलम्वीहरूले करुणामयको रूपमा पूजा गर्छन् ।

मत्स्येन्द्रनाथको रथ यात्रा ललितपुरको सबैभन्दा ठुलो र महत्त्वपूर्ण जात्रामध्ये एक हो । यस जात्राले वर्षा र राम्रो फसलको लागि प्रार्थना गर्नुका साथै समुदायमा एकता र सद्भाव बढाउँछ ।

किंवदन्ती अनुसार, मत्स्येन्द्रनाथको आगमनले काठमाडौँ उपत्यकामा लामो समयदेखि चलेको खडेरी अन्त्य भएको थियो, त्यसैले उनलाई वर्षा र सहकालको प्रतीक मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =