नौसेनालाई ट्रम्पको आदेश : हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरू रोक्नू
२०८२ चैत ३० गते

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतबार अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्न सुरु गर्ने बताएका छन् ।
उनले ट्रुथ सोसल पोस्टमा लेख्दै यो कदम तत्काल लागू हुने बताएका हुन् । हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरूलाई रोक्न नौसेनालाई आदेश दिएको उनले जानकारी गराएका हुन् । हर्मोज जलसन्धिबारे लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ ।
२०८२ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








