राष्ट्रपतिलाई राष्ट्रिय सभाको धन्यावाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई संयुक्त रूपमा गरेको सम्बोधनप्रति राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई गरेको सम्बोधनका लागि प्रधानमन्त्री बालेन्द्र साहले प्रस्तुत गरेको धन्यवाद प्रस्तावलाई सभाले पारित गरेको हो ।

यस अघि राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =