टर्कीको सत्तारुढ दलले भन्यो- इरान र अमेरिकाबीचको अस्थायी युद्धविरामले समस्या टर्दैन

एजेन्सी । टर्कीको सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टीले बिहीवार इरान र संयुक्त राज्य अमेरिकाबीच स्थायी शान्तिको आह्वान गर्दै अस्थायी युद्धविरामले समस्याको समाधान नगर्ने बताएको छ ।

पार्टीको केन्द्रीय निर्णय तथा व्यवस्थापन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता ओमेर सेलिकले उक्त टिप्पणी गरेका हुन् ।

प्रवक्ता सेलिकले क्षेत्रीय स्थिरतामा खलल पुर्याएको भन्दै इजरायलको कडा आलोचना गरे । साथै उनले संयुक्त राज्य अमेरिकाको एकतर्फी दृष्टिकोणको पनि विरोध गर्दै अमेरिकाले इरानलाई एकतर्फी निर्देशन दिन खोजेको आरोप लगाए । संयुक्त राज्य अमेरिका र इरानले बुधबार बिहान दुई हप्ताको युद्धविरामको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =