देउवा दम्पती पक्राउ पूर्जीबारे सांसद सुनारको टिप्पणी- जनादेश कार्यान्वयन गरियो

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सरकारले जनादेशअनुसार काम गरिरहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी गरिएको बारे जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

सांसद सुनारले जेनजी आन्दोलन दबाउने, भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने वाचालाई जनताले अनुमोदन गरेकाले सरकारले सोही अनुसार काम गरिरहेको जिकिर गरे ।

उनले सरकार जनताको बीचमा गरिएको प्रतिवद्धताअनुसार काम गर्न मजबुत रहेको समेत बताए ।

सांसद सुनारले भने ‘सरकार कच्चा छैन, बच्चा छैन । सचेत छ । सबै हिसाबले सरकार मजबुत छ । बुझेर आएको सरकार छ । त्यसैले सरकारले गरेको काम वा सदनले गरेको काम अहिलेको जनप्रतिनिधिहरूले गरेको काम जनताको बीचमा हामीले प्रतिबद्धता गरेर आएको थियौँ । जनताको बीचमा हामी जाँदैगर्दा यी यी कामहरू हामी गर्नेछौँ । जेनजी आन्दोलन दबाउनेहरूलाई छानबिन गर्छौँ, अपराध गर्नेहरूलाई छानबिन गर्छौँ । भ्रष्टाचार गर्नेहरूलाई छानबिन गर्छौँ भनेर जनतामा हामी वाचा गरेका गएका थियौँ । जनताले त्यसलाई स्वीकार गरेर पठाएको कुरा हामीले कार्यान्वयन गरेका हौँ ।’

सांसद सुनारले अदालतमा विचाराधीन कुनैपनि मुद्दामा सदन र सरकारले बोल्न नमिल्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =