एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो

काठमाडौँ । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको छन् जसले ग्राहकहरूलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि प्रदान गर्दै आएको रु १९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरूको मूल्य ६५ प्रतिशतले घटेको छ । कर सहित रु ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिन रहेको छ ।

कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विशेषताहरू हुन् ।

ग्राहकले सजिलै एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ ।

‘कनेक्टिभिटीको महत्त्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौँ । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैँ अन रहन सहयोग पुर्याउने विश्वास लिएका छौँ,’ एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरू अनलाइनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =