नेशनल लाईफले दियो अभिकर्ताहरूलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरू गरी १६० जना अभिकर्ताहरूलाई महेन्द्रनगर शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा द्विप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदूर पश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरू मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।

यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रबन्धक विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

सहभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहनत कदर भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =