‘सुदूरपश्चिमका १ हजार ५ सय मुक्त कमैया र कमलरीले कहिले पाउँछन् परिचयपत्र ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैया र कमलरीको पुनर्स्थापनाको माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेको लामो समय भइसकेको उल्लेख गर्दै उनीहरूले परिचयपत्र कहिले पाउँछन् ? भन्दै प्रश्न गरे ।

उनले एक हजार ५ सय मुक्त कमैया र कमलरी परिवारसँग परिचयपत्र नभएको तथा कयौँसँग भूमि समेत नभएको भन्दै तत्काल उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘अहिलेसम्म एक हजार ५ सय परिवारसँग परिचयपत्र समेत छैन । त्यसमध्ये ७ सय परिवार मेरो आफ्नै निर्वाचन क्षेत्र कैलाली ३ मै रहेका छन् । उनीहरूले परिचयपत्र कहिले प्राप्त गर्छन् ?’

२०५७ साउन २ गतेतत्कालीन सरकारले मुक्तिको घोषणा गरेको थियो । त्यतिबेला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ जना कमैयामुक्त भएका थिए । अझैपनि उनीहरू समाजमा पुनः स्थापित हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =