संसदमा नयाँ अभ्यास, सभामुख अर्यालले रोजे सांसदको जस्तै कुर्सी !
२०८२ चैत २३ गते

काठमाडौं । प्रतिनिधिसभा हलमा यसपटक सभामुख र सांसदहरूका लागि समान प्रकारका कुर्सीको व्यवस्था गरिएको छ ।
यसअघि सभामुखका लागि विशेष किसिमको कुर्सी राखिने अभ्यास थियो । यसपटक पनि सभामुखको निर्वाचनअघि सभामुख र सांसदका लागि फरक–फरक प्रकारका कुर्सी राखिएका थिए । तर सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि समान कुर्सीको व्यवस्था गरिएको हो ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सभामुखको आग्रहपछि रंग मात्रै फरक हुने गरी समान डिजाइनका कुर्सी राखिएको हो ।
‘सम्माननीय सभामुखले समान कुर्सीको व्यवस्थाका लागि आग्रह गर्नुभएपछि कलर मात्रै फरक गरेर सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्था गरिएको हो,’ गिरीले भने ।
२०८२ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित









