ट्राफिक लाइट पालना नगर्नेहरू कारबाहीमा
२०८२ चैत २१ गते

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाइ गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौँमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही सुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकीकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।
यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाई छ ।
२०८२ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित









