सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताएका छन् ।

विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो । ‘कहाँ मिलाउनुपर्नेछ । कहाँ ठोकठाक पार्नुपर्नेछ । कहाँ कारबाही गर्नुपर्नेछ । हामी त्यही छामीरहेका छौँ । त्यही नियालीरहेका छौँ । त्यही हेरिरहेका छौँ । मन्त्रालयका बन्द कोठाहरुमा हामी कुनै पनि सेटिङ गरिहेका छैनौ । सेटिङ गर्नेहरुलाई कसरी कारबाहीको दायरामा ल्याउने भनेर हेरिहेका छौँ । आज जनताले चाहेको त्यही हो’ उनले भने ।

शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पारे । ‘अहिले हामी यतिधेरै कामहरुको प्रेसरमा हामी च्यापिएका छौँ कि सार्वजनिक कार्यक्रमहरुमा जान नपरेपनि हुन्थ्यो, काम मात्रै गर्न पाएपनि हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाएपनि हुन्थ्यो भन्ने त्यो चिन्ता, त्यो चिन्तनले पनि हामी थिचिएका छौ’ उनले भने ।

मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =