मकवानपुरमा एसईइका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा सिन्धुली मरिन गाउँपालिका–४ का १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार बिकले अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसिएर परीक्षा दिन आएका थिए । उनी हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताए ।

बिकले हेटौंडा–१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा प्रवेशपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा अंकिशलाई समेत नियन्त्रणमा राखिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =