गृहमन्त्रीको निर्देशन: नागरिकलाई दुःख नदिई सेवा प्रवाह गर्नु

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका गुरुङले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए ।

गुरुङले आगामी दिनमा गुनासो नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =