संसदमा म पक्ष, विपक्ष भन्दा पनि निष्पक्ष छु: महावीर पुन

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भूमिका सत्तापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन् ।

बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताए । उनले सांसदमा आफू अरू सांसद भन्दा फरक रहेको बताए ।

बोल्ने शैली, काम गर्ने तरिका सबै अरूको भन्दा आफ्नो पृथक् रहेको उनको भनाई छ । उनले आफू कहिल्यै सांसद हुने कल्पना नगरे पनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेदवार बनेको बताए ।

उनले भने ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु । किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ, सबै कुरा फरक छ । म प्रायः सबैसँग मिल्दिन । म आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भनेर भन्न चाहन्छु । म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रूपमा काम गरिरहेको छ । म राजनीति गर्ने राजनीतिज्ञ होइन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु । सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’

उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताए । शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौँ समस्याहरू, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उनको भनाई छ । विद्यालय, कलेज र विश्वविधालयहरुमा शैक्षिक वातावरण बनाउन ३ वटा विधेयकको मस्यौदा र चार वटा नियमावली बनाएर तयार पारिएको उनले जानकारी दिए ।

तत्कालीन सरकारले अध्यादेश ल्याउन नमिलेको कारण रोकिएको र ती अध्यादेश तथा नियमावली प्रधानमन्त्री कार्यालयमा आफूले बुझाएको पनि जानकारी दिए । उनले शिक्षा क्षेत्रको सुधारको लागि आफूले तयार पारेको विधेयकहरू ल्याउन सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =