सामूहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको लागि माइतीघरमा प्रदर्शन
२०८२ चैत १९ गते

काठमाडौँ । सामूहिक बलात्कारपछि हत्या गरिएकाहरूको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सडक सङ्घर्ष समितिले बिहीबार माइतीघरमा प्रदर्शन गरेको हो ।
सामूहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा वि.क. रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रदर्शन गरिएको सडक सङ्घर्ष समितिले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरूले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको कुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए ।
२०८२ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित









