पूर्वमन्त्री खड्का र सांसद शर्माको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । पूर्वऊर्जामन्त्री दिपक खड्का र लुम्बिनी प्रदेशसभा सांसद रेखाकुमारी शर्मासम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा भएको सुनुवाइपछि अदालतले उक्त आदेश दिएको हो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायसँग लिखित जवाफ मागेको जनाएको छ ।

खड्काको हकमा उनकी श्रीमती विनिता थापा तथा शर्माको हकमा उनका श्रीमान् चिन्तामणि शर्माले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पूर्वमन्त्री खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने सांसद शर्मामाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

सर्वोच्चको आदेशसँगै अब विपक्षी पक्षले अदालतमा कारणसहितको जवाफ पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =