प्रधानमन्त्री समक्ष सांसद झाले भने– भ्रष्टाचार नियन्त्रण गर्न गठन भएका सबै समितिहरू विघटन गरौँ !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याबारे छलफल गरेका छन् ।

बुधवार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिंचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदहरूसँग ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका हुन् । ‘अहिले नै गर्न सकिने, गरिहाल्नुपर्ने कुरा के के छन् ? भन्ने कुरामा मधेस प्रदेशबाट निर्वाचित सांसदहरु उपस्थित थियौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र त्यहाँको कृषि, सिंचाई एवं भौतिक विकास निर्माणको कार्यको बारेमा छलफल भयो’ उनले भने ।

उनकाअनुसार छलफलमा मधेश प्रदेशका सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइ लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने धारणा राखेको बताए ।

विभिन्न जिल्लामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्न आफूहरुले आग्रह गरेको उनको भनाइ छ । ‘तत्कालै गरिहाल्नुपर्ने र गर्न सकिने कामहरुको बारेमा अझ धेरै छलफल र ध्यानाकर्षण भयो । तत्काल समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर त्यसमा काम भइराखेको छ । मेले पनि आफ्नो कुरा राखे’ उनले भने ।

जवाफमा प्रधानमन्त्री शाहले रेडक्रसको नाममा भइरहेको भ्रष्टाचार रोक्न मुख्य सचिव तथा प्रमुख जिल्ला अधिकारीहरूलाई तत्काल निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । ‘रेडक्रसको नाममा भइराखेको संगठित भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरुलाई विघटन गरेर नयाँ कमिटी बनाउनुपर्छ । विभिन्न जिल्लाहरुमा मुद्दा दर्ता गर्न नखोज्ने कार्यहरु तत्काल रोक्नुपर्यो भनेर आफ्नो कुरा राखे । मुख्य सचिव र प्रमुख जिल्ला अधिकारीहरुलाई यसबारे आजै निर्देशन दिन्छु भनेर भन्नुभयो’ उनले भने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =